कालिकोट जीप दुर्घटनाको पुर्ण विवरणः ६ को मृत्यू, घाइते १३ को अवस्था पनि गम्भीर (नामावलीसहित)



सुर्खेत । कालिकोट जीप दुर्घटनाको पुर्ण विवरण आएको छ । आइतबार दिउँसो २ः५० बजेतिर पलाँता गाउँपालिका– ३ राडुमा भएको जीप दुर्घटनामा ६ जनाको मृत्यू भएको छ ।

मृत्यू हुनेमा पलाँता गाउँपालिका–६, का पदमबहादुर बम, दसकला शाही, भगवती रोकाया गणेश शाही, वडा नम्बर ५ का छाया शाही र दमन रोकाया रहेका छन् ।

दुर्घटनामा १३ जना घाइते भएका छन् । घाइते हुनेमा पलाँता गाउँपालिका–६, का केशव थापा, विजय थापा, किशोर थापा, रिदम शाही, प्रतिपक्षा शाही, आशिष रोकाया, भुपेन्द्र रोकाया रहेका छन् ।

यस्तै वडा नम्बर ६ का दानबहादुर रोकाया, निर्मला रोकाया, जगत रोकाया रहेका छन् । ठेगाना नखुलेका चालक धनिराम रावत, पलाँता–५, का दोली विक, आयुशा विक गरी १३ जना घाइते छन् ।

घाइते सबैको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय कालिकोटका सुचना अधिकारी प्रहरी निरीक्षक गोविन्द्र चौधरीले बताए ।

उनीहरुको उमेर भने खुलेको छैन । घाइते सबैलाई नेपाली सेनाको हेलिकप्टोरमार्फत सुर्खेत विमानस्थल र त्यहाँबाट कर्णाली प्रदेश अस्पताल सुर्खेत ल्याइएको छ ।

१९ जना सवार क १ ज ५६ नम्बरको बोलेरो जीप वडा नम्बर ५ को खिनदेखि थिर्पुतर्फ जाँदै थियो । जीप सडकबाट करिब ५०० मिटर तल भिरमा खसेको प्रहरीले जनाएको छ ।

यसैबिच कर्णालीका मुख्यमन्त्री यामलाल कँडेल घाइतेको अवस्था बुझ्न कर्णाली प्रदेश अस्पताल पुगेका छन् । उनले उपचारमा कुनै कमी नराख्न डाक्टरहरुलाई निर्देशन समेत दिएका छन् ।

यो पनि..

कालिकोट जीप दुर्घटनाः ६ जनाको मृत्यू, १३ घाइते

कालिकोटको पलाँतामा जिप दुर्घटना, थप विवरण आउन बाँकी

प्रकाशित मिति : २०८१ कात्तिक २५ गते आइतबार