तस्वीरमा हेर्नुहोस् वीरेन्द्रनगरमा शुक्रवारदेखि सुरु भएको महायज्ञ



वीरेन्द्रनगरको खुल्लामञ्चमा शुक्रवारदेखि वृहत महायज्ञ सुरु भएको छ ।

आश्रयविहीनहरुलाई आश्रय दिने उेद्दश्यका साथ मानव सेवा आश्रम सुर्खेतको भवन निर्माणका लागि महायज्ञ लगाइएको हो ।
महायज्ञको कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले उद्घाटन गरेका छन् ।

महायज्ञ मंसिर २८ गतेसम्म सञ्चालन हुने भएको छ ।

महायज्ञ मूल आयोजक समितिका संयोजक डाक्टर नवराज केसीका अनुसार आश्रमको भवन निर्माणका लागि वीरेन्द्रनगर नगरपालिका–११, स्थित गंगामाला धार्मिक वन तथा देउती बज्यै सामुदायिक वन समितिले २९ बिघा जग्गा दिएको छ । उक्त भवन बनाउनका लागि आवश्यक पुँजी जुटाउनका लागि उक्त महायज्ञ लगाइएको हो ।

अहिले मानवसेवा आश्रम भाडाको भवनबाट सञ्चालित छ । ०७५ माघ १८ गतेदेखि सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१२ मा आश्रमले भाडाको घरबाट सेवा दिँदै आएको छ । उक्त आश्रममा ४ सय ६ जना बेसहारालाई राखिएको छ ।

भवन निर्माणका लागि कर्णाली प्रदेश सरकारले पनि भवन निर्माणका लागि चालु आर्थिक वर्षको बजेटमा १ करोड रुपैयाँ दिने घोषणा गरेको छ । यद्यपि उक्त रकम अभाव हुने भएपछि रकम जुटाउन महायज्ञ लगाउन लागिएको संयोजक केसीले बताए ।
सात दिने महायज्ञमा भागवत भाष्कर कमलनयन गौतम प्रमुख कथावाचक रहेका छन् ।

महायज्ञ उद्घाटन पहिला बिहान कलश यात्रा गरिएको थियो । शोभा कलश यात्रा बिहान ९ बजे बुलबुल उद्यानबाट सुरु भई मगलगढी चोक, वीरेन्द्र चोक, गणेश चोक, भानु चोक, घन्टाघर चोक हुँदै १२ बजे खुलामञ्चमा पुगेर यात्रा विश्राम गरिएको हो ।

यात्रामा विभिन्न संघ संस्था, विद्यालय, टोल विकास समिति र वीरेन्द्रनगर नगरपालिकाका विभिन्न वडाबाट र विभिन्न समुदायका व्यक्तिहरूको सहभागिता रहेको थियो । जसमा ५ हजार त कलश मात्रै थियो ।

कलश यात्रा महायज्ञको आरम्भमा हुने विशेष कार्यक्रम हो । जसले धार्मिक, सामाजिक, र सांस्कृतिक महत्त्व राख्दछ । शोभा कलश यात्रा महायज्ञको धार्मिक, सामाजिक, र सांस्कृतिक मूल्यमान्यतासँग जोडिएको छ

हेर्नुहोस् तस्वीरहरु

 

         

 

प्रकाशित मिति : २०८१ मंसिर २१ गते शुक्रबार