११ वर्षदेखि फरार महिलाः १० रुपैयाँ बुझाएर रिहा



प्रतिकात्मक तस्वीर

११ वर्षदेखि फरार रहेकी एक महिलाले पक्राउ परेको केही समयमै १० रुपैयाँ बुझाएर रिहा भएकी छिन् ।

सप्तरी जिल्ला अदालतले गरेको १० रुपैयाँ जरिवाना नबुझाएर साबिक डिमन गाविस–३ घर भएकी संयुक्तादेवी देव साढे ११ वर्षदेखि फरार थिइन् ।

उनलाई तीनवटा मुद्दामा १०–१० रुपैयाँ जरिवाना गरिएको साढे ११ वर्षपछि प्रहरीले जरिवाना भराउन आइतबार उनलाई नियन्त्रणमा लिएको हो ।

सप्तरी प्रहरीका अनुसार दुईवटा किर्ते जालसाजी र एउटा जालसाजी गरी तीनवटा मुद्दामा उनलाई सप्तरी जिल्ला अदालतले १०–१० रुपैयाँ जरिवाना गर्ने फैसला २०७० असार १९ गते गरेको थियो ।

सो जरिवानाको रकम नबुझाएर देव साढे ११ वर्षदेखि तथ्यांकमा फरार सूचीमा रहेकी थिइन् ।

फैसला कार्यान्वयनअन्तर्गत प्रहरीले सुरु गरेको फरार रहेकी उनलाई आइतबार घरबाट नियन्त्रणमा लिएकाे थियाे ।

अदालतसमक्ष पेस गरिएको र तोकिएको जरिवाना बुझाएर उनी रिहा भएको प्रहरीले जनाएकाे छ ।

 

प्रकाशित मिति : २०८१ पुस २१ गते आइतबार