
नाबालिकालाई यौन व्यवसायमा लगाउने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
मानव बेचबिअन अनुसन्धान ब्युरोले दुई जनालाई पक्राउ गरेको एसपी गौतम मिश्रले जानकारी दिए।
ललितपुरको कोन्ज्योसोम गाउँपालिका वडा नम्बर २ बस्ने ३३ वर्षीय राजिब लामा र सिन्धाल्चोक इन्द्रावती गाउँपालिका-५ बस्ने २५ वर्षीय सुनिता भन्ने सर्मिला कटुवाल पक्राउ परेका हुन्।
उनीहरूले ललितपुरको सातदोबाटोस्थित न्यु नमस्ते रेष्टुरेन्ट बार सञ्चालन गर्दै आएका थिए। आर्थिक अवस्था कमजोर भएका बालिका/महिलाहरूलाई विभिन्न प्रलोभनमा पारी काममा राखेको एसपी मिश्रले बताए।
पसलमा आएका ग्राहकसँग बसेर मादक पदार्थ भर्ने, ग्राहकसँगै बसेर खान लगाई धेरै बिल बढाउने काममा लगाउने गर्थे।
त्यस्तै महिला तथा बालिकाहरूलाई ग्राहकसँग शारिरीक सम्पर्क राख्न समेत पठाउने गरेको प्रहरीले जनाएको छ।
यसरी ग्राहकबाट प्रतिव्यक्ति एक हजार देखि ५ हजार सम्म लिएर पीडितलाई पाँच सय रुपैयाँ दिने गरेको खुलेको हो।
बारबाट प्रयोग भएका र नभएका ठूलो परिमाणमा अस्थायी साधन समेत बरामद भएको छ।
नाबालिकालाई यौन व्यवसायमा लगाउने गरेको भन्ने सूचनापछि प्रहरीले बिहीबार तीन जनालाई त्यस होटलबाट उद्धार गरेको थियो।
थप अनुसन्धानका लागि प्रहरी वृत्त सातदोबाटोमा पठाएर ६ दिन हिरासतमा राख्न अदालतबाट म्याद थप भइसकेको छ।









प्रतिक्रिया दिनुहोस्