गजल: कुन दिन कसैको



कुन दिन कसैको कुन दिन कसैको ।
आमाले मेलापात गर्छिन कसैको ।

पैसा थियो दुनियाँ थियो हिजोसम्म ।
आज भयो जिन्दगी मलिन कसैको ।

सपना र बाध्यता छुट्टाएर राख्दिने छु ।
समयले बनायो भने डस्बिन कसैको ।

बेवारिसे चिता माथि को हुन सुत्ने ?
अहिले सम्म भएन एकिन कसैको ।

उनी जाने बाटो देखाई हिड्ने थिए ।
बन्नपाए पछि मैले लाल्टिन कसैको ।

 

प्रकाशित मिति : २०८१ मंसिर ८ गते शनिबार