
जनता कनै रुवाउन्या हौ, क्या विकास अर्न्या हौ
पुराना घाउ बल्झाउन्या हौ, क्या विकास अर्न्या हौ ।
देश बनाउछु सब सब अर्छु, मैक भोट हाल भन्यौ
सरकारी धन पचाउन्या हौ, क्या विकास अर्न्या हौ ।
तम्रा साला सचिव भया, तम्राइ जुवाँइ पिउन भया
आम्नै घरवार बनाउन्या हौ, क्या विकास अर्न्या हौ ।
कहिल्यै चड्डा चिल्ला गाणी, कहिल्यै घुम्दा विदेश
कहिले गाउँमा आउन्या हौ, क्या विकास अर्न्या हौ ।
बिच्छेउ तम्रा गाउँघर कन, बिच्छेउ तम्रा इष्टमित्र
काठमाडौंनाइ हराउन्या हौ, क्या विकास अर्न्या हौ ।
प्रकाशित मिति : २०८१ असोज १७ गते बिहीबार









प्रतिक्रिया दिनुहोस्