
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई थप २५ दिन हिरासतमा राखेर अनुसन्धान गरिने भएको छ । त्यसका लागि म्याद दिनुपर्ने माग प्रहरीले गरेको छ ।
जिल्ला सरकारी वकिलको कार्यालयमार्फत प्रहरीले रविमाथि अनुसन्धान गर्न कास्की जिल्ला अदालतमा थप २५ दिनको म्याद दिनुपर्ने माग गरेको हो ।
न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासमा रविको पक्षबाट अधिवक्ताहरू नारायण घिमिरे, नारायण कँडेल, सुशील पन्तलगायतले बहस गर्दै हिरा गर्न माग गरेका हुन् ।
अदालतमा म्याद थप गर्ने या नगर्ने भन्नेबारे पक्ष विपक्षमा बहस सकिइसकेको भएपनि न्यायाधीशले आदेश सुनाइसकेका छैनन् ।
लामिछाने सहकारी ठगी प्रकरणमा कात्तिक २ गते काठमाडौँबाट पक्राउ परेका हुन् ,
प्रकाशित मिति : २०८१ कात्तिक २० गते मंगलबार
प्रतिक्रिया दिनुहोस्