सौँराइ !



मुलाई तेरो सौँराइ लाग्दो, सौँराइ मानी क्यारु
मन जल्याको जीउ झुर्‍याको, कुणाकानी क्यारु ।

डाँको लाउँ त स्वर पुग्दैन, उडीजाउँ पाख छैनन्
बाहुर्‍या मन डुल्ल लाग्यो, मन्की रानी क्यारु ।

काम छैन नौकरी छैन, छुईन जन्म्या देश
भोक भोकै छ निद्निदै छ, आगो पानी क्यारु ।

न रह्यो गुराउँसी फूल, न रह्यो पाखन
निमेका अगेट्ठा जसो, जिन्दगानी क्यारु ।

बाणुली लाग्याका बेला, मिलन होला सुत्तो
कर्मौनो कर्कलो छैन, सुना–खानी क्यारु ।

लक्ष्मण ‘मिलन’ विष्ट

प्रकाशित मिति : २०८१ माघ २१ गते सोमबार